
तिलोत्तमा,फागुन ८ गते २०८१।रुपन्देहीको सियारीम एक महिलाको हत्या भएको छ। दाङको लमही नगरपालिका वडा नं. ७ की अन्दाजी ४५ वर्षीय संगिता चौधरी सियारी गाउँपालिका वडा नं. २ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा हत्या भएको अवस्थामा फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्ष्ँक सुरज कार्कीले टाउकोमा ढुंगा प्रहार गरि हत्या गरिएको अवस्थामा संगिताको शव फेला परेको जानकारी दिए।
प्रहरी नायब उपरिक्षक कार्कीका अनुुसार बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकापथमा साथीहरुसँग बस्दै आएकी चौधरीले ज्याला मजदुरी गर्दै आएकी थिईन्।बुधवार साँझपनि काम सकेर मिलनचोक जान्छु भन्दै हिंडेकी संगिता त्यसपछि सम्पर्क विहिन रहेकोमा विहिबार दिउसो १२ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। टाउको र अनुहारमा ढुंगा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए।
अनुहार नचिनेगरी मुखमा ढुंगाले प्रहार गरिएको चोट रहेको कार्कीले बताए।चौधरीको अन्यत्रै हत्या गरि त्यहाँ लगेर शव फालिएको हुन सक्ने आंकलन गरेको छ। संगिताको शव सडक किनारमा परालले ढाकेको अवस्थामा फेला परेको थियो। प्रहरीले अहिले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्