
तिलोत्तमा,फागुन २।राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र साहित्यकार उन्नती बोहरा शीलालाई पुत्रीशोक परेको छ ।केही समयदेखि आफै गम्भीर बिरामी अवस्थामा रहेका बोहोराकी एक मात्र छोरी चाँदनी जेनी बोहोरा ग्यारेटको ४६ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो ।
अमेरिकन नागरिकसँग बिहे गरेकी जेनीका दुई छोरी र एक छोरा छन् । दीपकको रुपन्देही घर भएपनि अहिले काठमाण्डौमै बसेका छन् ।अहिले जेनी पनि श्रीमान र बच्चाबच्चीसहित काठमाण्डौ बालुबाटारमा बसेको बेला एक्कासी बिरामी परेर मृत्यु भएको दीपकका निजी सचिव शंकर खत्रीले जानकारी दिएका छन् । उनको शनिबार काठमाण्डौंमा अन्त्येष्टि गरिने भएको छ ।
कमेन्ट गर्नुहोस्