लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज

IMG

तिलोत्तमा,फागुन २। बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा फिल्मीकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरुको अभिनय छ ।


प्रिमियरमा फिल्मको कथावस्तुलाई लिएर धेरैले गज्जबको प्रतिक्रिया दिए । युवापुस्ताका दर्शकलाई यो फिल्मले हलसम्म तान्ने अधिकांशको भनाई थियो ।फिल्मले ‘इडी’ रोग लागेका व्यक्तिहरुको कथालाई प्रस्तुत गर्छ । फिल्म हेर्नका लागि निर्देशक नविन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजग, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत हल पुगेका थिए ।फिल्मले उठान गरेको विषयवस्तु भन्न सकेकोमा अधिकांशले निर्देशक लामालाई बधाई दिए ।


फिल्मको ट्रेलर र टिजर सार्वजनिक भएपछि धेरैले यसलाई एडल्ट कथावस्तुमा बनेको फिल्म भनेर वुझेका थिए । तर, फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरुको अभिनयको तारिफ गरे । यो फिल्म सबै दर्शकले हेर्नुपर्ने तर्क उनीहरुको थियो ।प्रेम दिवसको अवसर पारेर आजबाट रिलिजमा आएको फिल्मले प्रेमको भाषालाई कविताको माध्यमबाट गज्जबले प्रस्तुत गरेको छ । साथै, समाजमा पुरुषहरुले लुकाएर राखेको आफ्नो यौन समस्यालाई खुलेर भन्न सकेको खण्डमा उपचार संभव रहेको तर्क पनि फिल्मले प्रस्तुत गर्छ । 


कमेन्ट गर्नुहोस्