
तिलोत्तमा,फागुन २।पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर १३ जमुनाबारी स्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा युवाहरूको दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको हो ।गत माघ २८ गते मध्यराती भएको घटनामा गम्भीर घाईते भएका प्रतापुर गाँउपालिका वडा नम्बर ९ का सन्त बहादुर चौधरीको उपचारको क्रममा हिजो साझ बुटवलमा मृत्यु भएको हो । चौधरीको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजन सहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोहि स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ । डान्सबार भित्र भिडियो बनाएको निहुँमा झगडा भएको बताईएको छ । घटनामा मिन्टु र सरोज कुमार चौधरी घाईते भएका थिए ।पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी,प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्