
बुटवल,माघ २१।रिलिज अगावै खिचातानी र दर्शकको अपार माया पाइसकेको फिल्म‘एक्टर : टेक वन’ले सुरुमै झमेला बोक्नु पर्यो। फिल्म राम्रो हुँदा हुँदै पनि निर्माता र निर्देशकको खिचातानीले डेब्यु गरेकी नायिका दिव्या रायमाझीले अन्तर्वार्तामै आँशु चुहाउनु पर्यो। त्यसो त माउथ पब्लिसिटीमा राम्रो बनिरहेको फिल्मका चकलेटी नायक तथा अभिनयमा अब्बल साबित गरिसकेका नायक प्रदिप खड्का यसपाली प्रतिक्षित चलचित्र ‘एक्टर : टेक वन’को ओपनिङ्गमै फलामको चिउरा चपाउन पर्ने भए। निर्माता र निर्देशक को लडाईले प्रदिपलाई शुरुदेखि तनाव दियो।मनोहारी थापाको चलचित्र एक्टरले जिल्ला अदालत काठमान्डूको ढोका खोलेर कठघरासम्म पुर्याएपछि फिल्ममा बुकिङ्ग गरेर खचाखच भरिएको सिट पनि अहिले खाली भैरहेको छ।
रिलिज भएको ४ दिन सम्म बुटवलको क्यु एफ एक्समा मात्र ३ सय २० जना दर्शकले ४ दिनमा फिल्म हेरेका छन् भएन आइ एन आइ क्यु बक्समा समेत हलमा दर्शकले टिकट काट्ने डाटा उस्तैउस्तै छ। प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा बिदा भएको दिन हाल खाचाकखाच भरिएको हुनुपर्ने तर दर्शकले थाहा नपाएर हो या फिल्म नै चलेको छ कि छैन भन्ने भेउ नपाएर हो प्रदिप खड्का निर्माता थमन भण्डारीसंगै नव नायिका दिव्या रायमाझी आउदा समेत हलमा मुस्किलले ४० जना दर्शक थिए। हल पार्टनर भएको बुटवलको क्युएफएक्समा त त्यो भन्दा पनि कम।
बुटवलको क्यु बक्स आइ एन आइ हेर्न हल छिरेका स्थानिय दर्शक राहुल केसी भन्छन, आज टाइम पास गर्ने भनेर घरबाट निस्केको प्रदिप खड्काको फिल्म लागेको रैछ, अझ फिल्मको हाल्फ़मा नायक नायिका हलमै भेट्दा झन् खुसी लाग्यो। यसरि हेर्दा फिल्मको बारेमा चहल पहल र अदालत सम्म त पुग्यो तर दर्शक सामु न हलले प्रचार गरे न फिल्म निर्माता र निर्देशकले नै। अन्तत: फिल्म त्रिकोणात्मक प्रेम कथामा राम्रो बनेपनि हलसम्म दर्शकलाई तान्न सकेन।
फिल्मको सोमबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि निर्माता ‘बलियो वर्ड अफ माउथ’को मद्दतमा पिकअप लिनेमा आशावादी छन् ।आइतबार नेपालगंज पुगेका कलाकार प्रदीप खड्का,दिब्या रायमाझी हल–हलमा पुगिरहेका छन् । हल भिजिटमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको अभिनेता प्रदिप खड्काले बताए । ‘उत्साहजनक र पोजेटिभ फिडब्याक छ’ खड्काले भने ।दिउँसो दाङ्ग अनि त्यस लगत्तै बुटवल आएका उनि मिलनचोक स्थित आइएनआइ क्यु बक्स हलमा पुग्दा दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । फिल्मको प्रदर्शन भैरहेका बेला कलाकार हलभित्र छिरेपछि सेल्फी खिच्दै फिल्मको सकारात्मक प्रतिक्रिया दिएका थिए । फिल्ममा प्रदिप र दिव्याका अलावा राजबल्लभ कोइराला, आना शर्मा, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको पनि अभिनय छ । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । भुसाल निर्देशक समेत हुन् ।अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल छन् ।
कमेन्ट गर्नुहोस्