लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुरुङहरुको माङी पर्व सम्पन्न

IMG

कुमार गुरुङ -बुटवल रुपन्देही / प्ये म्हस्या छ्या म्हमु,छ्या म्हस्या,ल्हु म्ह्मु,ल्हु म्ह्स्या म्हि म्हमु,अर्थात शास्त्र हराए सँस्कार हराउछ सँस्कार हराए सँस्कृती हराउछ सँस्कृती हराए मान्छे नै हराउछ,भन्ने मुल नाराका साथ तमुस्यो माङि ह्युल छोज धि गुरुङ महिला राष्ट्रीय परिषद रुपन्देही र रामनगर कालिका नगर माङी समितिको आयोजनामा गुरुङहरुको माङी पर्व  सम्पन्न भएको छ।       


कार्यक्रमका प्रमुख अतिथी तमुस्यो माङी ह्युल छोज धिका संस्थापक अध्यक्ष माया गुरुङले आफू सुरुवात कालमा माङी जिल्ला अध्यक्ष हुदा धेरै संघर्ष गर्नु परेको बताए। त्यसबेला गुरुङ्हरुको सामाजिक संस्था बाट नै असहयोग रहेको र गुरुङ्हरुको सृष्टि ग्रन्थमा पनि माङि उत्पत्ती भएको बारेमा र यो पर्व कसरी कहिले देखि मनाइएको भन्ने बारे पनि प्रष्ट लेखिएको र तमुस्यो माङी ह्युल छोज धि लगायत सबै ठाउका गुरुङ्हरुले माङी पर्व मनाउदै आएको बताए। 


विशेष अतिथी तमु ह्युल छोज धि जिल्ला अध्यक्ष बिमला गुरुङले यो पर्व विशेष गरि रुपन्देही र नवलपरासी लगायत केही ठाउमा मात्र मनाउदै आएकोमा हाल आएर यो पर्वलाई सबै ठाउका गुरुङ्हरुले धुमधामका साथ मनाउदै आएको र आगामी दिनमा अझै भव्य रुपमा मनाउनु पर्ने बताए ।गुरुङ पात्रो अनुसार।(हि कुहुन्द) माँ भन्नाले आमा र ङि भन्नाले सात (माङि) आमाहरुको उत्पत्ती भएको दिनका रुपमा नेपाल अधिराज्य भरी छरिएर रहेका सबै गुरुङ्हरुले भव्य रुपमा मनाउने गर्दछ।जिल्ला माङी अध्यक्ष जुनमाया गुरुङको अध्यक्षता बसन्ती गुरुङ्को स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन सम्झना गुरुङले गरेका थिए।


कमेन्ट गर्नुहोस्