लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘दुखी आत्मा’को गीत ‘जुनी जुनीलाई’मा दया र आँचलको रोमान्स

IMG

तिलोत्तमा,माघ १६।फागुनको २ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियो रोमान्टिक शैलीमा तयार पारिएको छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ। भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।


आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा  रामप्रसाद चौधरीको सम्पादन छ ।यो सिनेमाको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ । सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरुको संख्या अधिक छ । अब, यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ । सिनेमाको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ खुबै हिट छ । यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन् ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा हिमाल कडरियाको लगानी छ ।


सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन छ ।यो सिनेमामा दया र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो सिनेमाले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । सिनेमाले रमाइलो तरिकाले गम्भिर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ । 

कमेन्ट गर्नुहोस्