
तिलोत्तमा, पौष २७।प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सम्भावना भएका क्षेत्रमा ढुक्कले लगानी बढाउन सहकारीहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य घिमिरेले प्रदेशभित्रका सहकारीहरुलाई पुंजी ब्यवस्थापनमा ध्यान दिदै अगाडि बढ्न आग्रह गर्नुभएको हो । उहांले सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
लुम्विनी विशिष्टिकृत सहकारी संघ लिमिटेडको ५ औं वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथि घिमिरेले यो परियोजनाबाट आम किसानलाई प्रतक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो । उहांले यो परियोजना अगाडि बढीसकेको सन्दर्भलाई जोड्दै उत्कृष्ट प्रबिधी भित्र्याउन तर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो । घिमिरेले सहकारीलाई पिपिबी मोडलबाट लैजाने गारि तयारि गर्नुपर्ने समेत सुझाव दिनुभएको छ । त्यस्तै बिशिष्ट अतिथि भिम तुलाचनले आपुर्ती र बजारलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देबि चौधरीले लुम्विनी विशिष्टिकृत सहकारी गौरबको योजना भएको भन्दै किसानका लागि र सम्पुर्ण नगरबासिलाई स्वस्थ दुग्धजन्य पदार्थमा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उपप्रमुख चौधरीले वडा नम्बर ६ लाई दुध पकेट क्षेत्रको रुपमा घोषणा गरेको भन्दै नगरपालिका सहयोगका लागि सधै सकारात्मक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा.खगराज शर्माले सकारीमा लाठिचार्ज भएको बताउनुभएको छ । उहांले सधैभरी लाठिचार्ज गर्ने अवस्था सृजनाको अन्त्य गर्न सहाकारी अभियान्ताहरु एक हुनुपर्ने खांचो औंल्याउनुभयो । उहांले सहकारीमा २४ जनाले प्रतक्ष रोजगार पाएको उल्लेख गर्दै १२ जना रुपन्देहीका बासिन्दा रहेको जानकारी गराउनुभयो ।
त्यस्तै कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकले उत्पादन र ब्यवसायमा प्रतक्ष जोडिन नसकेको भन्दै बचत र ऋणमा मात्र ध्यान दिएका कारण नेपालमा सहकारीहरु समस्याग्रस्त भएको धारणा राख्नुभयो । यो सहकारीलाई असफल बनाउने छुट नभएको भन्दै त्यसको लागि सहभागितामूलक समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
सहकारी संघमा प्रति महिना १ लाख २० हजार दुध संकलन हुने गरेको र २५ सय लिटर दुध यस क्षेत्रमा खपत हुने र बांकि दुध चितवन पोखरा लगायतका स्थानमा निर्यात गरिएको छ ।प्रदेशका १४३ वटा प्रारम्भिक सहकारी संस्थाहरुको संयुक्त लगानीमा स्थापित गरिएको हो।युएचटि दुग्ध प्रशोधन परियोजना अन्तर्गत प्रथम चरणमा दुध,दही,पनिर,आईसक्रिम,घिउ,वटर,खोवा,मिठाई लगायत उत्पादन र दोस्रो चरणमा तरल दुधको आयुलाई ६ महिना लम्ब्याउने उद्धेश्य राखेर काम अगाडि बढाएको संघका का.बा. अध्यक्ष ज्ञानु पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेनमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्