लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओवादी केन्द्र बुटवल वडा नं ११ मा पदहस्तान्तरण

IMG

२७ पुष, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर वडा नं ११ को नवनिर्वाचित समितिलाई एक कार्यक्रमका बीच पद् हस्तान्तरण गरिएको छ । सातौ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कमल भूषाल नेतृत्वको नयाँ कार्यसमितिलाई शुक्रबार कार्यभार हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रकाश परियारले जानकारी दिनुभयो ।


सो अवसरमा बधाई व्यक्त गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समिति रुपन्देहीका संयोजक निर्मल जिसीले माओवादीप्रति देशैभर लहर पैदा भएको बताउनु भएको छ । पार्टीले संगठन बिस्तारका साथै आम जनताको मुद्दालाई प्रमूखताका साथ उठाउने कार्य गरिरहेको बताउँदै उहाँले पार्टीभित्र नेतृत्व चयनमा कुनै पनि हस्तक्षेप र दवाव विना सबै वडाहरुमा अधिवेशन गर्ने कार्य भइरहेको जानकारी दिनुभएको छ ।


सो अवसरमा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सचिवालय सदस्य सुजित विक, प्रदेश सदस्य दीपा विक, बुटवल नगर इन्चार्ज क्षितिज, पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भूषाल, नेताहरु मनोज राना, दान बहादुर घर्ती, निर्वाचन समितिका संयोजक यज्ञमूर्ति पाण्डे लगायतले बोल्नु भएको थियो । कार्यक्रममा पार्टी जीवनमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


कमेन्ट गर्नुहोस्