लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो, विदेश जाने दर रोक्न अपिल

IMG

तिलोत्तमा,पौष ३ गते।आप्रवासीहरूको योगदानलाई सम्मान गर्दै र उनीहरूको अधिकारको सम्मान गर्ने भन्ने नाराका साथ २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मनाईएको छ ।तिलोत्तमा नगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रमले बुधबार एक दिप प्रज्वलन कार्यक्रम गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको सम्झनामा मौन धारण गरेर दिवस मनाएको हो ।


सो अवसरमा, बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बेरोजगारीका कारण श्रम बेच्न बाध्य भएका युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका हुन ।देशमा बसेर रोजगारी गर्ने वातावरण बनाउन स्थानीय सरकार लागि परेको हुँदा सबै निकायले यसमा सहकार्य गर्नुपर्ने उनले बताए ।तिलोत्तमाका सामी फोकल पर्सन तथा वित्तिय साक्षरता सहजकर्ता सृजना भट्टराईले आप्रवासी श्रमिक र उनीहरुको परिवारलाई सुसूचित बनाउने काममा सामी कार्यक्रम महत्वपूर्ण रहेको बताईन। सामीले पछिल्लो समय वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सीप, सचेतनासँगै विदेशबाट कमाएर पठाएको पैसाको सही उपयोगमा अभिमुखीकरण गर्दै आएको हुँदा कार्यक्रम प्रभावकारी बन्दै गएको उनले बताईन। 


वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सही सुचना प्रदान गर्ने र सचेत बनाउन जरुरी रहेको बताउदै सामी कार्यक्रमकि मनोसामाजिक परामर्शकर्ता शकुन्तला ढकालले बताईन। यसका लागि सबै वार्डमा स्वयंसेवक परिचालन गर्न आवश्यक रहेको उनको भनाई छ। नगरपालिकाका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण सामी कार्यक्रम संयोजक सृजना भट्टराईले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्