
तिलोत्तमा,मङ्सिर ३० गते।नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको महाधिवेशनबाट पत्रकार दिनेश पाण्डेयको नेत्रृत्वमा प्यानल नै बिजयी भएको छ। प्रेस चौतारी र प्रेस युनियनका संयुक्त प्यानलबाट निर्वाचित पाण्डे प्रेस चौतारीमा आबद्ध छन्।महासंघ नेतृत्वका लागि चार जना उम्मेदवार मैदानमा आएपनी प्रेस युनियनका हरिश ढकालले उम्मेद्वारी फिर्ता लिएपछि ३ जना चुनावमा भिडेका थिए।शनिबार मध्यान्ह पाण्डेयको प्यानल नै बिजयी भएपछी अघिल्लो पटक पराजित भएका पाण्डेयले महासंघलाई व्यवहारिकरुपमा साझा चौतारी बनाउने प्रतिबद्धता जनाएका छन्।
अध्यक्षमा निर्वाचित भएपछी एक स्थानिय रेडियो अन्तर्वार्तामा कुरा गर्दै पाण्डेयले महासंघलाई व्यावसायिक पत्रकारको साझा चौतारीको रुपमा विकास गर्न आफ्नो सफल कदम चाल्ने बताएका छन्। निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पाण्डेले महासंघलाई साझा संस्थाको रुपमा अगाडि बढाउने र यसको गरिमालाई अझ उचो बनाउन प्रयन्त गर्ने बताउँदै पत्रकारहरुको हक हित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए।
पत्रकारको छाता संगठन महासंघ भए पनि अझै आकर्षणको केन्द्र बनाउन नसकिएको बताउदै नवनिर्वाचित पाण्डेयले आफू निर्वाचित भएसंगै महासंघलाई वास्तविक र व्यवहारिक रुपमा साझा मञ्चको रुपमा विकास गरेर देखाउने प्रतिबद्धता जनाए। नेपाली पत्रकार र मिडियाको संख्या ह्वात्तै बढे पनि गुणस्तरीय मिडिया र क्षमतावान पत्रकार बनाउन नसकिएको चर्चा गर्दै उनले “पत्रकारलाई क्षमतावान नबनाउँदासम्म मिडियामा गुणस्तरीयता कायम हुँदैन,मोफसललाई पत्रकारिताको राजधानी भनेर चिनाउने बुटवल अहिले ओझेलमा परेकोले पत्रकारको क्षमता विकासमा पहिलो प्राथमिकता दिने उनले बताए।
नेपाली पत्रकारितामा अनेक विकृति रहेकोले त्यसको अन्त्य गर्न, निश्पक्ष पत्रकारिता र मिडिया अनि पत्रकारको बीच सुमधुर सम्बन्ध स्थापित गर्न पनि आफ्नो नेतृत्व अनिवार्य रहेको चर्चा गर्दै अबको दिनमा त्यसतर्फ पनि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।महासंघका निर्वाचित भैसकेपछि अध्यक्ष दिनेश पाण्डेले निर्वाचनलाई स्वस्थ, स्वतन्त्र र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गरिएको भन्दै निर्वाचन मण्डललाई धन्यबाद समेत ब्यक्त गरेका छन्। साथै आगामी दिनमा महासंघप्रति सल्लाह सुझाव र सबैलाई सहयोग गर्न पाण्डेयले आव्हान गरे।
कमेन्ट गर्नुहोस्