लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एलिना चौहानको प्रस्तुतिमा झुमे तिलोत्तमाका दर्शक,सोमवार बद्री पंगेनी र सुनितामी आउदै

IMG

तिलोत्तमा, १८ मंसिर २०८१। तिलोत्तमाको मणिग्राम प्रदर्शनी मण्डपमा जारी दोस्रो संस्करणको तिलोत्तमा महोत्सव २०८१ मा आइतवार एलिना चौहानले दर्शकलाई मन्त्र मुघ्ध पारिन। महोत्सवको १२ औ दिन महोत्सवमा पछिल्लो समय चर्चित आधुनिक गायिका एलिना चौहान तथा लोक तथा दोहोरी गायिका रिता थापा र शिलु भट्टराईको प्रस्तुतिसंगै र सांझको डिजे लाइभ कन्सर्टमा युवाहरुबीच धमाका प्रस्तुति रहेको संस्कृतिक समिति संयोजक तेज प्रसाद पाण्डेले जानकारी दिए ।


महोत्सवको बार्हौ दिन महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गितहरु मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन । एलिना संगै महोत्सवमा आइतबार लोक तथा दोहोरी गायिका रिता थापा र शिलु भट्टराईको प्रस्तुति संगै र सांझको डिजे लाइभ कन्सर्ट लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभब्याण्ड तर्फ डिजे सुरजको लाइभ कन्सर्टमा तिलोत्तमका दर्शकहरु झुमेका थिए। 


सोमवार महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, सुनितामी परियार, दुर्गा सापकोटा, रेणु राना मगर, बिधान कार्की, नारायण बिपी परियार, दिपु मगर, डान्सर सयना र अञ्जली लगायतको प्रस्तुती रहने आयोजकको तर्फबाट सचिवालय सदस्य शित्तल ज्ञवालीले बताए।महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री,सेल्फी शिव शंकर तस्विर खिचाउने, रमाइलो खेलहरु, भुत बंगला हेर्नेको भीड लागेको छ । १८ गतेसम्म भनिएको मेला २ दिन थप गरेर २० गतेसम्म हुने आयोजक संस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष तथा मेला संयोजक नेत्र प्रसाद न्यौपानेले जानकारी दिएका छन ।


  

कमेन्ट गर्नुहोस्