
तिलोत्तमा, १६ मंसिर २०८१। तिलोत्तमाको मणिग्राममा जारी तिलोत्तमा महोत्सव २०८१ मा साँझ पारेर स्टेज चढेका चर्चित र्यापर आशिस राना लाउरे र लोकदोहोरि गायक पशुपति शर्माले दर्शकलाई मज्जाले नचार र उफारे। उद्घोषक शोभा त्रिपाठीले कति खेर लाउरेलाई बोलाउलिन भनेर कुरेका दर्शकले लाउरेका आधा दर्जन र्यापमा मज्जाले उफ्रीए। संगै पशुपति शर्मा र अन्य कलाकारहरुको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्।
दर्शकहरु प्रदर्शनीको ११ दिन पनि प्रर्दशनी मण्डप मणिग्राममा दर्शकहरुको उपस्थिति बाक्लो रहेको थियो।गायक पशुपति शर्माले आफ्नो ब्याण्ड भएको गीत लुट्न सके लुट कान्छा गित गाउँदा मेलामा उपस्थित वृद्ववृद्वाहरु देखि युवायुवतीहरुमा एकदमै फरक खालकको जोश जाँगर र उत्साह देखिएको थियो।मेलामा पशुपतिले आफ्ना नयाँ देखि पुराना आधा दर्जन भन्दा बढी गीत गाएर दर्शक झुमाएका थिए भने दोहोरीमा झनै दर्शक उफारी उफारी नचाए।
११ औ दिनमा पनि महोत्सवमा युवायुवतीहरुको जोश र उत्साह सहित उपस्थिति रहेको छ। २ दिन थप गरेर मेला अगाडी बढाइएको जानकारी गराउदै मङ्सिर ६ गतेदेखि मेला २० गतेसम्म सुचारु हुने आयोजकले जनाएको छ। महोत्सवको १२ औ दिन अर्थात सोमबार चर्चित आधुनिक गायिका एलिना चौहान, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा चर्चित गायिका रिता थापा र खुल्ला गायन तथा खुल्ला नृत्य प्रतियोगिता ,र डिजे सुरजको बेजोड प्रस्तुति रहने आयोजकका तर्फाबाट सचिवालय सदस्य शित्तल ज्ञवालीले बताएका छन।
कमेन्ट गर्नुहोस्