लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लागूऔषधसहित चार पक्राउ

IMG

तिलोत्तमा सिटी,  २०८१ मंसिर १३ गते। लागूऔषध खैरो हेरोइनसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा जानकी गाउँपालिका–७ का १९ वर्षीय शङ्कर चौधरी, गोदावरी नगरपालिका–८ का २० वर्षीय विवेक चौधरी छन् । प्रहरीले शङ्कर चौधरीलाई प्रहरीले टीकापुर नगरपालिका–३ रामपुरमा सडक छेउमा लागूऔषध खाइरहेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले खानतलासी गर्दा चौधरीको साथबाट एक ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । यसैगरी, विवेकलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ ।


यस्तै, भजनी नगरपालिका–३ मोरियाघाटस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका टीकापुर नगरपालिका–३ शङ्करपुरका २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मीप्रसाद चौलागाईलाई प्रहरीले १४० मिलिग्रामसहित पक्राउ गरेको छ ।


पक्राउ परेका चारै जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्