लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खुमन अधिकारीले तताए तिलोत्तमाका दर्शकलाई, मेलामा दर्शकको ओइरो

IMG

तिलोत्तमा,मङ्सिर १० गते।तिलोत्तमाको मणिग्राममा जारी तिलोत्तमा महोत्सव २०८१ मा साँझ पारेर स्टेज चढेका चर्चित लोकदोहोरि गायक खुमन अधिकारिले दर्शकलाई चिसो मौसममा तताएका छन्। गायिका सिता राना, दिपु मगर लगायतका कलाकारहरुको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्। दर्शकहरु प्रदर्शनीको पाँचौ दिन पनि प्रर्दशनी मण्डप मणिग्राममा दर्शकहरुको उपस्थिति सन्तोष जनक रहेको थियो।गायक खुमन अधिकारिले गित गाउँदा मेलामा उपस्थित वृद्ववृद्वाहरु देखि युवायुवतीहरुमा एकदमै फरक खालकको जोश जाँगर र उत्साह देखिएको थियो।मेलामा खुमनाले आफ्ना नयाँ देखि पुराना एक दर्जन भन्दा बढी गीत गाएर दर्शक झुमाएका थिए भने गायिका सिता राना संगको दोहोरीमा झनै दर्शक उफारी उफारी नचाए। 


त्यसो त गायक तथा उद्घोषक नारायण लेकाली र सिता रानाले दर्शकहरुलाई आफ्नो प्रस्तुतिबाट भरपुर् मनोरंजन दिएका थिए। साथै लोकदोहोरी गायक दिपु मगर र विश्वका होचो व्यक्ति संगै जादुगरको समेत दमदार प्रस्तुति रहेको थियो। पाँचौं दिनमा पनि महोत्सवमा युवायुवतीहरुको जोश र उत्साह सहित दैनिकी सामाजिक संजालमा भाईरल हुने क्रम जारि नै रहेको छ। मङ्सिर ६ गतेदेखि १८ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।  महोत्सवको छैठौ दिन अर्थात मंगलबार चर्चित आधुनिक तथा लोकदोहोरि गायक रमेशराज भट्टराई,दोहोरी गायक श्याम राना, गायिका ऋतु थापा,गायक राम प्रसाद पौडेल र खुल्ला गायन तथा खुल्ला नृत्य प्रतियोगिता ,र डिजे सुरजको बेजोड प्रस्तुति रहने आयोजकका तर्फाबाट सचिवालय सदस्य शित्तल ज्ञवालीले बताएका छन।  

 


कमेन्ट गर्नुहोस्