लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थाई एयर एसिया जहाज भैरहवाको आकाशमा १ घण्टा होल्ड

IMG

तिलोत्तमा,२९ कात्तिक। भैरहवास्थित गौतम बुद्ध विमानस्थल थाईल्याडको बैंककबाट आएको थाई एयर एसियाको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयर एसियाको विमान आकाशमा होल्ड भएको हो ।


गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी  विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउने हुँदा थाई एयर एसियाले कम देखेका कारण आकाशमा होल्ड भएको बताए ।सोही समयमा जजिरा विमान विमानस्थलमा अवतरण गरेपनि थाई एयर एसियाका पाइलटलाई कम भिजिबिलिटी लागेकाले केही समय होल्ड गरेको उनले बताए । उनले अनुकूल भिजिबिलिटी हुनासाथ थाई एयर एसियाको विमान अवतरण गरिएको बताए । 

कमेन्ट गर्नुहोस्