
तिलोत्तमा,२९ कात्तिक। भर्खर नेपाली फिल्म पुर्ण बहादुरको सारंगीले छोराको लागि बुवाले गरेको त्याग, तपस्या , मेहनत र दु:खलाई दर्शकले औधी मन पराए। फिल्म हालसम्मकै ब्लकबस्टर सुपरहिट नै भयो। त्यस्तै बिशेष बलिवुडका कलाकारको समेत बेजोड अभिअनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ पनि आमाको माया दर्शाउने फिल्म नबन्ला भन्न सकिदैन। केहि दिन अगाडी रोलिज ‘ह्रस्व दीर्घको गीतले सो भवन बोल्दछ। आमाको स्वरुपमा देखिएकी बिपना थापाको त्याग, माया र तपस्या संगै उनको दु:खलाई गीतसंगै फिल्मले बोलेको भान हुन्छ।
कुनै बेला थियो, नेपाली फिल्ममा विपना थापा निर्विकल्प अभिनेत्री झैँ थिइन् । विशेषगरी गाउँले र दुःखी चरित्रमा उनी पहिलो रोजाई बनेकी थिइन् । अभिनय पनि सशक्त भएकाले उनी करिब डेढ दशक करिअरको उचाइँमा रहिन् । तर, भारतीय नागरिकसँग विवाहपछि उनको अभिनयमा सक्रियता कम हुँदै गयो । सन्तान भएपछि त करिब १३ वर्ष अभिनयबाट पूर्ण रुपमा टाढा नै रहिन् ।नेपाल आउजाउ बाक्लै भइरहे पनि फिल्ममा उनको पुनरागमन हुन सकेको थिएन । अब १३ वर्षपछि उनी फिल्म ‘ह्रस्व दीर्घ’बाट दर्शकमाझ पुग्दैछिन् । कुनै बेला हिरोइन भएर कयौं फिल्ममा काम गरेकी उनी यसमा भने आमाको भूमिकामा प्रस्तुत छिन् । फिल्ममा आमाको भूमिका गर्नुपर्ने प्रस्ताव आउँदा सुरुमा विपनालाई ‘गुसबम्प्स’ भएको रहेछ ।
यसै साता काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, ‘आमाको क्यारेक्टर प्रस्ताव आउँदा मलाई ‘गुसबम्प्स’ भएको थियो । एकछिन त सिरिङ्ग भएँ । म त आमाको रोल गर्ने भएछु भन्ने महसुस भयो । यद्यपि, मलाई हरेक किसिमको रोल गर्ने मन छ । ‘तँ त साह्रै बिग्रिस् नि बद्री’मा मैले नेगेटिभ क्यारेक्टर समेत गरेको थिएँ। ‘ह्रस्व दीर्घ’ भने मेरो पहिलो क्यारेक्टर रोल हो । आफ्नो तर्फबाट कोसिस गरेको छु । फिल्म पनि एकदमै राम्रो बनेको छ ।’
चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘ह्रस्व दीर्घ’ यही कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली र कबीर दुहन सिंहले अभिनय गरेका छन् भने नेपाली कलाकारहरुमा विपनासहित नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ ।
कमेन्ट गर्नुहोस्