लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या पाँच पुग्यो

IMG

तिलोत्तमा ,कार्तिक २३।चितवनको भरतपुर २९ सत्रकिलोमा भएको सवारी दर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस आपसमा ठोक्किएका थिए।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माइक्रो बसका चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको नाम-थर खुल्न सकेको छैन।


मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए।मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।दुर्घटनामा पाँचजना घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्