लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ऊर्जा राज्यमन्त्री तामाङको कान्छाराम कन्सट्रक्नशसहित १३ वटा कम्पनी कालोसूचीमा

IMG

तिलोत्तमा, २३ कार्तिक २०८१। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्शनसहित १३ वटा कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।कार्यालयले आज सूचना निकालेर ती कम्पनी/निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जानकारी दिएको हो । दुई वटा कम्पनीलाई साढे दुई वर्ष, दुई वटालाई दुई वर्ष, तीन वटालाई डेढ वर्ष र अन्य ६ वटा कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।


साढे दुई वर्षसम्मको कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्शनसहित रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी.कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजङ्घा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्शन रहेका छन् ।उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।


कमेन्ट गर्नुहोस्