
तिलोत्तमा ,कार्तिक २०। रमाइलो र ठट्यौली पाराको गीत संगीतमा झुम्ने गायक तथा सर्जक श्रीधर अधिकारीले बजारमा पछिल्लो गीत 'थानकोट भिरालो' बोलको गीत आफ्नै युट्युबमा सार्वजनिक गरेका छन्।सोमबार सार्वजनिक यो प्रेमविरहको गीतमा मेलिना राई र श्रीधर अधिकारीको स्वर छ।यस गीतका शब्द स्वाभिमान सुवेदीले लेखेका हुन्।
संगीत गायक श्रीधर अधिकारीकै छ भने विशाल निरौलाले संगीत संयोजन गरेका छन्।भिडिओमा अर्जुन सापकोटा, जुनु एसडी, स्वाभिमान सुवेदी लगायतको अभिनय छ।विशाल घिमिरेको निर्देशन रहेको भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन्।'श्रीधर अधिकारी' युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।
आफैमा दर्शक स्रोताले मनपराएका अर्जुन सापकोटालाई लिएर उनले आफ्नो गीत थानकोट भिरालोमा प्रस्तुत गरेका छन्। अभिनयमा पनि निकै प्रभावशाली अर्जुन र जुनु एसडीले राम्रो अर्गानिक अभिनय गरेका छन्।यस अघिका गीत संगीतलाई निकै मनपराएका दर्शक श्रोताले थानकोट भिरालोलाइ पनि माया गर्ने मा बिश्वस्त रहेका छन् सरज्क श्रीधर अधिकारी। उनको यो गीतलाई युट्युब्मा समेत निक मन पराएका छन्।
कमेन्ट गर्नुहोस्