लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सडकमा देउसी खेलिरहेकाहरूमाथि ब्रेक फेल भएको बस गुड्यो, दुई जनाको मृत्यु

IMG

तिलोत्तमा ,कार्तिक १९।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतेको सङ्ख्या १८ पुगेको छ।वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर सडकमा देउसीभैलो खेल्नेहरू नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ भएर उनीहरूलाई जथाभावी ठक्कर दिएको थियो।बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।


यस्तो छ पछिल्लो प्रहरी अपडेट सनाखत रिपोर्ट 

खिल्ली दुर्घटना :

मिति २०८१।०७।१९ गते अं.१७:०० बजे जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.५ जयठाटी स्थितमा ना ३ ख २४७१ नं.को भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई ऐ. स्थित बाटोमा भैलो खेलि रहेका मानिसहरुलाई ठक्कर दिएको घटनामा लु.३.च.५२११ नं.को बलेरो, लु.१.ज ४१५९ नं.को ट्याक्सी, लु.९५.प १४६५ नं.को मो.सालाई ठक्कर दिई ३ वटैमा क्षती भएको, गाडी प्र.चौ.खिल्र्जीको नियन्त्रणमा रहेको ।

                           निम्न 

१.जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.-६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठ (१८:३० मा मृत घोषणा)

२.ऐ.ऐ. खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा 

३.ऐ.ऐ बस्ने बर्ष १२ की रोजिना परियार 

४.ऐ.ऐ. खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार

५.ऐ.ऐ.खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार

६.ऐ.ऐ.बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल 

७:ऐ.ऐ बस्ने बर्ष १८ की सर्मिला मुखिया

८.ऐ.ऐ.बस्ने बर्ष १२ कि जुना परियार 

९.ऐ.ऐ.खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा 

१०.ऐ.५ बस्ने बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ

११.ऐ.५ असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट

१२.ऐ.५ बस्ने बर्ष ४९ की शुस्मा घर्ति

१३.ऐ.ऐ. बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट

१४.ऐ.४ खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा

१५.ऐ.ऐ. बस्ने बर्ष २६ को जिवन घर्ति

१६.ऐ.२ बस्ने बर्ष  माछामारे बस्ने बर्ष २१ की वबिता पुन

१७.ऐ .८ नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट

१८. सन्धिखर्क न.पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर  ।

१९.जिल्ला प्युठान ऐरावती गा.पा.९. बिजुली  बस्ने बर्ष १७ कि विमला नेपाली

२०.ऐ.ऐ बस्ने बर्ष ६० की सुमित्रा थापा

२१.जिल्ला प्युठान मलारानी गा.पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन

२२:-ऐ.ऐ बस्ने बर्ष १७ को पर्वत राना

२३.ऐ.५ बस्ने बर्ष ६० कि उमकला पुलामी मगर

२४.ऐ.६. बस्ने बर्ष २९ को बिष्णु बन्जाडे

२५.जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली

२६.भु.न.पा ६ खिल्जी बस्ने बर्ष  ११ को अनुपा खण्नडी

२७.ऐ.५ असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर

२८.ऐ.ऐ बस्ने बर्ष ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था 

२९.जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन 

३०.ऐ.ऐ बस्ने बर्ष २० को हिमाल पौडेल

३१.ऐ.ऐ बस्ने बर्ष २२ को श्रीधर के.सी

३२.भु.न.पा ६ खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे

३३.ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार

३४.ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे

३५.ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी

३६जिल्ला प्युठान मलारानी गा.प २ चुजाँठाटी. बस्ने बर्ष १८ को बविन राना

३७:-भु.न.पा २ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनालको घटनास्थलमा मृत्यु

जम्मा ३७, मृत्यु २, रिफर १०, डिस्चार्ज १ जना 

कमेन्ट गर्नुहोस्