लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्घाखाँचीमा कार दुर्घटना अपडेटः घाइते कार चालक नेपालीको मृत्यु

IMG

तिलोत्तमा ,कार्तिक १८।अर्घाखाँचीमा भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएका कारका चालकको मृत्यु भएको छ ।आज साँझ भारतीय नम्बरको एचआर५५एयू८७९३ नम्बरको कार सन्धिखर्क नगरपालिका–११ ढुङ्गेदेउरालीस्थित भित्री सडक खण्डमा खनदहदेखि सन्धिखर्कतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोबाट ८ सय मिटर तल  खसेको थियो ।


दुर्घटनामा परी घाइते भएका कारका चालक मालारानी गाउँपालिका नविन नेपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको थियो ।नेपालीलाई राति ९ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा परेको कार टुक्राटुक्रा भएको छ । २ जना कार दुर्घटना हुनु भन्दा केही बेर अघि मात्रै झरेको डिएसपी मल्लले बताए ।दुर्घटनामा परेको कार कात्तिक १५ गते इलाका प्रहरी कार्यालय ठाडा अमराईमा इन्टी भएको देखिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्