लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जुवाको खालबाट एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ

IMG

तिलोत्तमा ,कार्तिक १८।दाङमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित १० जना व्यक्ति पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी देवबहादुर वलकिो घरमा पैसाको हारजित हुनेगरी जुवाको रुपमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा पारेको थियो ।सो क्रममा जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्तटोलीले छापा मारेको थियो ।


तुलसीपुर–१७ बनकट्टा बस्ने वर्ष ५७ को भिम वली, सोही ठाउँ निवासी वर्ष ४९ को लुमा सिंह बस्नेत, वर्ष ३२ को नर बहादुर चौधरी, वर्ष ५८ को केशर बहादुर वली, वर्ष ३६ को शरद वली, वर्ष ३८ को सुशिल वली, वर्ष ४१ को रेख बहादुर वली, वर्ष ४९ को मदन वली, वर्ष ५१ को देव बहादुर वली (घर धनी), जिल्ला दाङ घोराही–९ अश्वारा बस्ने वर्ष ४९ को बालाराम भट्टराई नियन्त्रणमा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी इश्वर थापाले  जानकारी दिए । प्रहरीले नगद सहित जुवा खेल्नको लागि भुईमा ओछ्याएको निलो बुट्टेदार गलैचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्