
आज ‘विश्व सहरीकरण दिवस २०२४’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदै छ ।आज यूएनहेबिट्को सहजीकरण मा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
विश्व सहरीकरण दिवसको पृष्ठभूमि
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२४ को विश्व सहरीकरण दिवस एघारौं संस्करण हो ।अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।
गाउँ र सहर
गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार भन्ने धारणा हुन्छ । सहर एक ठुलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत् हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगको स्थापना गर्नु पनि हो ।
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।
सन् २०२४ को सहरीकरण दिवसको नारा चाहिँ Youth Leading Climate and Local Action for Cities हो। विश्व शहर दिवस २०२४ को विषयवस्तु युवा नेतृत्व जलवायु र शहरहरु को लागी स्थानीय कार्य संग जोडिएको छ। युवाहरूले हाम्रा सहरहरूमा जलवायु संकटसँग जुध्न साहसी कदमहरू र कार्यहरूको वकालत गर्छन्। यसले हामीले यी साहसी विचारहरू र महत्वाकांक्षी लक्ष्यहरूलाई उपलब्धिहरूमा परिणत गर्न सक्छौं भनेर वकालत गरेको छ ।जलवायु र शहरहरूको लागि स्थानीय कदमहरु चाल्न युवा नेतृत्व भन्ने अर्थ लाग्दछ । सहरीकरण दिवसको अर्थपूर्ण शुभकामना ।
कमेन्ट गर्नुहोस्