लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र गुल्मेली दाइको बुटवलमा च्यारिटि शो हुँदै

IMG

१४ कात्तिक, बुटवल । नेपाली कथानक चलचित्र गुल्मेली दाइको बुटवलमा च्यारिटि शो हुने भएको छ । चलचित्रका निर्देशक तथा कलाकार केशब गुरुङका अनुसार यहि कात्तिक २३ गते शुक्रबार बुटवलमा चलचित्र देखाइने भएको हो । सयपत्री युवा क्लब बुटवल १० रामनगरको आयोजनामा तिहार तथा छठ्पर्वको अवसर पारेर शुक्रबार साँझ ६ बजे बुटवल १० रामनगर चोकमा चलचित्र देखाइने भएको हो । चलचित्र हेर्न टिकट्का लागि दीलिप सुनचाँदी पसल रामनगर, प्रेम राना र दीपेश गुरुङसंग सम्पर्क गर्न आयोजकले जानकारी दिएको छ । 


केशब गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र गुल्मेली दाइमा स्वयमं केशब गुरङ, अनुता गुरुङ, उषा फौजामगर, खिम रेस्मीमगर लगायतको मूख्य अभिनय रहेको छ । तिलक गाहामगरले निर्माण गरेको चलचित्र गुल्मेली दाइको छायाँङ्कन गुल्मी जिल्लाको जुभुङ, दह लगायतका विभिन्न रमणीय ठाउँहरुमा गरिएको निर्देशक केशब गुरुङले जानकारी दिनुभयो । चलचित्रमा अशिम गुरुङले सङ्गीत भर्नुभएको छ भने नृत्य निर्देशन गोविन्द राई र प्रेम गुरुङले गर्नुभएको छ ।


मनिराज गुरुङको पटकथामा बनेको चलचित्रमा करन तुलाधरले द्वन्द्व निर्देशन गर्नुभएको छ । चलचित्रको छायाँङ्कन तथा सम्पादन भने मनिष पन्थले गर्नुभएको हो। यसअघि रुपन्देही र गुल्मीका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्र गुल्मेली दाइ दर्शकहरुद्वारा अत्यधिक रुचाइएको निर्माण पक्षको दावी छ । चलचित्रमा सामाजिक परिवेश र पहाडी गाउँका कथा र सांस्कृतिक पक्षहरु कलात्मक ढङ्गले पस्किएकाले मनोरञ्जन र सामाजिक सन्देशको खुराक रहेको निर्माण पक्षको दावी छ ।

कमेन्ट गर्नुहोस्