
तिलोत्तमा,२०८१ कार्तिक १३ गते।संगीतको लहरले जो कसैलाई पनि आफ्नो बनाउन सक्छ।आफैमा एक कुशल प्राध्यापक समेत रहेकी पोखराकी कुसुम पुडासैनीलाई पनि संगीतको लहरले तानेको छ।पछिल्लो समय सुमधुर स्वरकी धनी कुसुमले आफ्नै स्वर शब्द र संगीतमा टाढा-टाढा गयौ तिमी लाई दर्शक स्रोतामाझ पस्केकी छिन। उनको संगीत प्रतिको रहर लगाव र मेहनतले टाढा-टाढा गयौ तिमी लाई झनै उर्जा थपेको छ। एक प्रेमिल शब्दमा स्वरलाई गुञ्जाएकी कुसुमले सोही संग्रहमा ४ वटा गीत समाबेश गरेकी छिन। जसमा टाढा-टाढा गयौ तिमी संगै संग्लई थियो मनको कुलो,एउटा सानो मन छ र मेरो त मनले बोलको गीत समाबेश छ।
अहिले सार्बजनिक गरिएको सो गीतमा शब्द,संगीत, स्वर कुसुमकै रहेको छ भने गीतलाई एरेन्ज राजेश बिस्ट क्षेत्री र मास्टरिङ्ग सुमन तामांगले गरेका छन्। द अर्फिअस वेब सेवेन स्टुडियोमा रेकर्डिङ्ग गरिएको सो संगीतमा कपिल बास्तोला र सुमित पौडेलले सिनेमाटो र सम्पादन गरेका छन् भने सार्बजनिक भिडियोलाई उत्सव कोइरालाले निर्देशन गरेका छन्। सार्बजनिक भएको छोटो समयमै दर्शक स्रोताको मनमा बस्न सफल गीतलाई कुसुम पुडासैनी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ। सो गीतलाई ११:११ रेस्टुरेन्ट एण्ड बारमा खिचिएको हो।
कमेन्ट गर्नुहोस्