
तिलोत्तमा,२०८१ कार्तिक १३ गते।व्यस्तता र सपना पुरागर्ने होडले मानिसलाई परिवारसंग टाढा बनाउछ। आफु बाहेक केहि र कोही नचिन्ने परिवारका छोरा छोरी र एक टुक्रा अन्न पनि बालबालिका भोकै भए कि भनेर पटुकिमा कुटुरो पारेर ल्याउने आमा बुवालाई टाढा बनाउने करण पनि त्यही नै हो। हरेक परिवारका आ आफ्ना कथा हुन्छन, तर पछिल्लो समय समाजमा देखिएको यथार्थ घट्नालाई पर्दामा उतारेर दर्शक सामु ल्याएका रामजी ज्ञवालीले हरेक घरका सबै युवालाई एक प्रश्न सोधेका छन् लापत्ता सन्तान मार्फत - के आमाबुवाको त्यागको जवाफ तपाइँसंग छ ?
यसअघि डार्क मुन, एक लभर, आराध्या, रित्तो गाउँ, हनिमुन लगायतका छोटा फिल्म निर्देशन गरेर चर्चामा आएका रामजी ज्ञवालीले नयाँ सर्ट फिल्म ‘लापत्ता सन्तान’ दर्शकमाझ ल्याएका छन् ।यो फिल्मले पछिल्लो समय सन्तानको अपहेलनाको शिकार बनेर वृद्धाश्रममा बस्न बाध्य नेपाली ज्येष्ठ नागरिकको कथा पेश गर्छ । सन्तानको लागि त्याग गर्ने अभिभावकको मर्मस्पर्शी कथा ज्ञवालीको यो छोटो फिल्ममा चित्रण छ ।
२० मिनेट लम्बाइको फिल्मले पछिल्लो समय ज्येष्ठ नागरिकको दुःखजिलो जीवनलाई प्रस्तुत गर्छ । तपाईंलाई पारिवारिक कथावस्तुका छोटा फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।ठूला फिल्ममा समेत लोभलाग्दो अभिनयमार्फत दर्शकीय मन जितेकी रश्मीले यो छोटो फिल्ममा पनि दर्शकको मन जित्ने पक्का छ । भनिन्छ- फिल्मको लम्बाइभन्दा गहिराइ महत्वपूर्ण हो ।’
निर्देशक ज्ञवालीले छोटो फिल्मको शक्तिलाई बुझेरै होला, अहिलेको समयको यथार्थ मुद्दामार्फत अहिलेको पुस्तालाई कटाक्ष गर्ने साहस गरेका छन् ।फिल्ममा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष निरौला, प्रमित प्रसाई र प्रनि प्रान्जल पौडेलको अभिनय छ । ज्ञवालीले यसअघि वैदेशिक रोजगारीले युवा विदेशिन बाध्य युवा र समाजको दुर्दान्त कथामा छोटो फिल्म ‘रित्तो गाउँ’ निर्देशन गरेका छन् ।स्वास्थ्य चुनौतिलाई लिएर उनी नयाँ छोटो फिल्म ‘साइलेन्स टूर’ बनाउने उनको योजना छ । लामो तयारीपछि कथानक फिल्ममा समेत आउने उनको सोचाइ छ । ज्ञवालीले दुई दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्