लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन चलचित्र तेस्रो सातामा

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक ९ गते । ‘छक्कापञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ चलचित्रको प्रदर्शन तेस्रो सातामा प्रवेश गरेको छ । छक्कापञ्जा–५’ ले अहिलेसम्म १७ करोडभन्दा बढीको व्यवसाय गरिसकेको दाबी गरिएको छ तर पहिलो साताको ११ करोड ५० लाख रुपियाँ सङ्कलन गरेको सार्वजनिक भएपछिको सङ्कलन आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा–५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेललगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ हुनुहुन्छ ।


जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ ले १० दिनमा तीन करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरिएको थियो । चलचित्रको त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन । जितुका अलावा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डेको अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्म्स्को प्रस्तुति र मौसम फिल्म्स्को सहकार्यमा निर्माण भएको हो ।  चलचित्रको प्रस्तुतकर्ता राजकुमार पण्डित हुनुहुन्छ । विराज भट्टले निर्देशन गरेको चलचित्रले पहिलो साता १० करोड पाँच लाख रुपियाँ सङ्कलन गरेको दाबी गरिएको थियो । चलचित्रले अहिलेसम्म १३ करोड कमाएको चर्चा छ । चलचित्र विराज भट्टका साथै उनका छोरा समीर, न्यासी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्