
नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइन्छ।बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आइहाल्छ। मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए सामूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन्।तर, जमरा नै किन ? अरू वनस्पतिले किन काम चल्दैन भन्ने बारेमा जान्नु आवश्यक छ। सदियौंदेखि बडादशैंमा जमराको आँकुरा पलाइरहँदा यसको आफ्नै इतिहास ओझेल परेको छ। जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो।बडादशैंमा जमरा लगाउनुको पछाडि कुनै न कुनै वैज्ञानिक आधार रहेको प्रष्ट हुन्छ।
हाम्रा पुर्खाले जमराको प्रयोग किन गरे भनेर खोजी गर्न थालेपछि जौमा औषधीय गुण भएकोले नै हुनसक्छ। जौको कलिलो मुना वा जमरामा औषधीय गुण हुन्छ। हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा पनि भनिएको छ। जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुनाले बिरामी हुँदा पनि यसको पिठो र परिकार खुवाउने चलन छ। यस्ता विविध विशेषताका कारण जौको महत्व जोगाइराख्न पूजाअर्चना गर्ने र शिरमा लगाउने गरिएको हो।सामान्यतया ७ दिनभित्रको जमरा उपयुक्त हुन्छ। संस्कृतमा यसलाई ‘यवरस’ भनिन्छ। ७ दिनभित्रको जमराको जुस आन्तरिक र नसर्ने रोगका निम्ति लाभदायक हुने विज्ञानले समेत पुष्टि गरेको छ। नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ। त्यसैले अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ।
गहुँ, जौ आदिको बीजद्वारा अंकुरित नयाँ पुष्पको रुपमा जमरा दसैँमा नयाँ फूलका रुपमा घटस्थापनादेखि नौ दिनसम्म विशेष पूजा गरी विजया दशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।नौदिनसम्म राखेको जमराको रस बनाएर ग्रहरण गरेमा असाध्यभन्दा असाध्य रोगहरू निको हुन्छन् । औषधीय गुणका रुपमा जमरालाई महौषधि पनि भनिएको छ ।निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने यसले शीतलता प्राप्त गराउँछ । विभिन्न प्रकारका रोगव्याधी र कष्टहरू मेटिएर जान्छन् ।जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ ।वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।यसैकारण होला यज्ञयज्ञादीमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ ।
पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ ।पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेको हुनाले पनि यसको धार्मिक महत्त्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्बुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने उनीहरूको भनाइ छ ।
यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्याएको बताएका छन् । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरू नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।
कमेन्ट गर्नुहोस्