लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शुल्क तिर्न बुटवलको २ सहित १८ हललाई चलचित्र विकास बोर्डको पत्र

IMG

तिलोत्तमा, भाद्र २४ गते २०८१।चलचित्र विकास बोर्डले उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । बुटवलको ब्लुमुन इन्टरटेनमेन्ट र द्वारिका उदय सिनेमा सहित नेपालभरका १८ हललाई बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क छिटो तिर्न भन्दै पत्र काटिएको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिएका हुन् । पत्रमा विकास शुल्कको अलावा बक्स अफिसमा जडान गर्न समेत भनिएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिम पटक भन्दै ताकेता सहितको पत्र काटेको उल्लेख गरिएको छ ।


बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ । 


यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ ।यसपटक अनुरोध नमाने कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत पत्रमा दिइएको बोर्ड सदस्य अधिकारीले जानकारी दिए । फिल्म हलहरुले भने कोरोना कालमा भएको क्षतिलाई बोर्डले कुनै सुनुवाई नगरेको प्रति दु:ख ब्यक्त गर्दै जरिवाना तथा शुल्क मिनाहा गर्न आग्रह गरेका छन्।  

कमेन्ट गर्नुहोस्