
तिलोत्तमा, भदौ ९ गते २०८१।स्याङ्जाली परिवार रुपन्देहीको नवौ साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । परिवारले वर्षभरी गरेका कार्यक्रम तथा गतिविधिहरु सदस्यहरुलाई जानकारी गराउनेसँगै सदस्यहरुका बिचमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आपसी सद्भाव र भाइचारा स्थापित गर्न विभिन्न समाज तथा परिवारहरुले सहयोग पुग्ने भएकाले आफ्नो अधिकारका लागि गोलवद्ध हुनु पर्ने बताउनुभयो ।
उहाँँले विभिन्न कारणले बसाईसराई गरि अन्यत्र जिल्ला सरुवा भएकाहरुले गठन गरेका विभिन्न संस्थाले आयोजना गर्ने कार्यक्रमले भाईचारालाई थप विस्तार गरेको बताउनुभयो । सबैको मेलमिलाप र एकताले उत्कृष्ट समाज बन्ने भएकाले असल समाज निर्माणका लागि सबै गोलवद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।स्याङ्जाली परिवार रुपन्देहीका अध्यक्ष टिकिसरा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष टिआर शर्मा स्याङ्जाली पत्रकार समाजका अध्यक्ष डा. बालकृष्ण चापागाई, स्याङ्जा पिडिखोला सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराई, गल्याङ सम्पर्क समाजका जनक श्रेष्ठ, स्याङ्जाली परिवार बरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद मरासिनीलगायतले असल समाज निर्माण र भाइचारालाई थप विस्तार गर्न सबैबीचमा एकता आवश्यक रहेको बताउनुभयो ।
स्याङ्जाली परिवार महासचिव हमनाथ न्यौपानेको संचालनमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष टिकाराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रमको अवसर पारेर संस्थाको संस्थागत विकासमा सहयोग गर्ने ब्यक्ती तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा समाजका महिला तथा पुरुष सदस्यहरुबीचमा तीजको दर खानेसँगै शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।
कमेन्ट गर्नुहोस्