लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनजी मार्केट मणिग्राममा महिलाहरुबीच तीज प्रतियोगिता हुने, भब्य तयारी

IMG

तिलोत्तमा, भदौ ७ गते २०८१। तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको एनजी मार्केटले टोल स्तरिय खुल्ला टोल स्तरिय तिजगित प्रतियोगिता गर्ने भएको छ । तिलोत्तमा बुटवल भैरहवा र आसपासका पालिकाहरुमा रहेका टोल बिकास बीच यहि भदौ १२ देखि १८ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मार्केटले जनाएको हो । शुक्रबार मार्केटमा पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी गराइएको हो । 


पत्रकार सम्मेलनमा विभिन्न बस्तु तथा सेवाको सहजता गराइरहेको एनजी मार्केटका अध्यक्ष तथा संचालक नारायण बन्जाडेले प्रतियोगितामा उत्कृष्ट टोल विकास संस्थाले २५ हजार, द्वितियले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताउनुभयो । एनजी मार्केटप्रतिको ग्राहकको मायासँगै हिन्दुहरुको महानपर्व तीज भएकाले पर्वमा शुभकामना आदानप्रदान गर्न र ग्राहकसँग भेटघाट तथा मोरञ्जनकालागि प्रतियोगिता राखिएको बताउनुभयो । 


त्यस्तै मार्केटका म्यानेजर दिपक भट्टराईका अनुसार आमा समूह, महिला समूह, विद्यालय समेत प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा विजेता भएका टिमलाई  यहि भदौ २१ गते खुल्ला तीजगितको मुल कार्यक्रमका अवसरमा पुरस्कार प्रदान गरिने छ ।  यस्तै एन्जी मार्केटले ग्राहकको सुविधा र सहजताका लागि तिलोत्तमाका नागरिकलाई घरदैलो ग्राहक सदस्यता कार्ड प्रदान गर्ने भएको छ । मार्केटले त्यसका लागि प्रत्येक घर र टोलमा पुगेर सदस्यहरुको विवरण लिने सोही पत्रकार सम्मेलनमा संचालक बन्जाडेले जानकारी दिनुभयो । उहाँले यहि भाद्र १२ गते देखि सन्ध्या आरती समेत हुने बताउनुभएको थियो। 

कमेन्ट गर्नुहोस्