लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘नरसिंहा अवतार’मा राजेश हमालको ईण्ट्री,अपोजिटमा नीति शाह

IMG

तिलोत्तमा,साउन २६ गते २०८१।फिल्म ‘नरसिंहा अवतार’मा अभिनेता राजेश हमालको अपोजिटमा नीति शाह कास्ट हुने भएकी छन् । निर्देशक दिवाकर भट्टराईले अभिनेत्री शाहलाई लिड फिमेल भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए ।नीतिले पनि यो फिल्ममा आफू कास्ट भएको जानकारी दिइन् । केही महिनाअघि नीतिलाई साइन गराइए पनि मेकरले यो खबरलाई गोप्य राखेका थिए ।


नीतिको कास्टिङबारे औपचारिक जानकारी दिने तयारी छ ।यसबारे निर्देशक भट्टराईले भने, ‘इमोसन र ब्युटीको हिसाबले उहाँ यसमा पर्फेक्टरुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । दर्शकसँग कनेक्ट गर्ने भूमिकामा उहाँ देखिनुहुनेछ ।’केही दिनमा राजेश र नीति दुवैले फिल्मको वर्कसप ज्वाइन गर्ने जनाइएको छ । यो एक्सन तथा सोसल ड्रामा फिल्मको छायांकन भदौ अन्त्यदेखि सुरु गर्ने तयारी छ ।‘नरसिंहा अवतार’बाट राजेश हमाल पुनरागमनको तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्