
तिलोत्तमा,साउन २६ गते २०८१। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवत्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन ।
बृहत् वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् ।पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रम सहित जनतामा जाने प्रचण्डको जोड छ ।उनको प्रस्तावमाथि बोल्ने नेताहरुले पनि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए । उनले अगाडि भने, ‘अलिकति प्रदूषित भएको सबैले स्वीकार गरेका छन् ।’
कमेन्ट गर्नुहोस्