लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा बर्षमा ६७४ थान मुद्दाहरू मध्ये त३८३ थान मुद्दा नै सम्बन्ध बिच्छेदका !

tillotmacitynews - 2024 Aug 04 07:11 AM
IMG

तिलोत्तमा,साउन २० गते २०८१।गुल्मीमा आजभोली सम्बन्ध विच्छेदका मुद्दाहरूको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । गुल्मी अदालतले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा छ सय ७४ थान मुद्दाहरू मध्य तीन सय ८३ थान मुद्दा सम्बन्ध बिच्छेदका मात्र रहेको पाईएको छ ।आर्थिक वर्ष २०८०/८१ मा अदालतमा दर्ता भएका छ सय ७४ थान मुद्दाहरू मध्य तीन सय ४९ थान मुद्दा फछर्यौट भैससकेका छन । गुल्मी जिल्ला अदालतले बार्षिक कार्य योजनाले निर्धारण गरे अनुसार फैसला गर्नुपर्ने चार सय ५४ मुद्दाहरू मध्य असार मसान्तसम्म चार सय ८० थान मुद्दा फछर्यौट गरिएको जिल्ला न्यायाधीश युवराज गौतमले जानकारी दिए । उनले लक्ष्य भन्दा २६ थान बढी मुद्दा फछर्यौट गरेको बताए ।

कमेन्ट गर्नुहोस्