लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इजरायलको कारबाहीमा हमासका प्रमुख नेता इरानमा मारिए

IMG

तिलोत्तमा, साउन १६ गते २०८१।इजरायली सेनाले पछिल्लो समय विद्रोही समूहका नेतालाई लक्षित गरी आक्रमण गर्न थालेको छ । हमास नियन्त्रित क्षेत्र गाजाबाट हमासको अस्तित्व नमेटेसम्म आक्रमण गरिरहने बताएको इजरायलको पछिल्लो कारबाहीमा हमासका प्रमुख नेता इस्माइल हानिया इरानकाे तेहरानमा मारिएका छन् । हमासले विज्ञप्ति निकालेर नेता इस्माइलको ज्यान गएको पुष्टि गरेको हो ।


हमासकाअनुसार उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।यसैबीच इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र पनि मारिएका छन् । लेबनानी सशस्त्र समूहको गढ रहेको दहियाहमा भएको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डरसहित अरू धेरै घाइते भएका बीबीसीले जनाएको छ। हिजबुल्लाहले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


गएको शनिवार इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले गरेको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ जना युवककाे ज्यान गएको थियो । लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले केही दिनमै त्यसको बदला चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।


कमेन्ट गर्नुहोस्