लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार २८ बाट हलहलमा "घरज्वाईं"आउने

IMG

तिलोत्तमा, असार २० गते २०८१। यहि असार २८ बाट हलहलमा नेपाली चलचित्र घरज्वाईं प्रदर्शन हुने पक्का भएको छ। तिलोत्तमा-३ योगिकुटीमा  नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ को भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराइएको हो। 


कार्यक्रममा बोल्दै कलाकार खडक बहादुर पुन मगर(खबपु) ले चलचित्रको बारेमा स्पष्ट पारेका थिए । चलचित्रलाई परम्परागत कला सस्कृति तथा सामाजिक गतिविधीसँग जोडदै अगाडि लैजानुपर्नेमा उनले जोड दिए । घर ज्वाईं  का निर्माता जनक घर्ती मगरले चलचित्र रुकुमको तकसेरा गाउँमा   छायांकन भएको र चलचित्र असार २८ बाट प्रदर्शन हुने जानकारी दिएका हुन ।                


कार्यक्रममा नेपाल मगर सघं केन्द्रिय  समितिका  सहअध्यक्ष दलबहादुर बिरकटा , नेपाल मग्गर संघ केन्द्रीय समिती का उपाध्यक्ष  गिता थापा , नेपाल मगर सघं का महासचिव टेकबहादुर नाम्जाली मगर, नेपाल मगर चलचित्र  संघ का  केन्द्रिय अध्यक्ष  भिम राना,  लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर सघं रुपन्देहीका  उपाध्यक्ष  थर्क बहादुर बारघरेको अध्यक्षतामा र संघका सचीव इन्दु थापा मगरको संचालनमा  सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्