लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लामो समयपछि सुजाताले भनिन "रुन्न बरिलै"

IMG

तिलोत्तमा, जेष्ठ ३१ गते २०८१। गायिका सुजाता पाण्डेको आवाजमा लोक आधुनिक गीत रुन्न बरिलै बजारमा आएको छ। तेज प्रसाद पाण्डेको संगीत र डा. बिष्णुमुर्ति भट्टराईको  शब्दमा सुजाताले स्वर दिएकी हुन् ।गीतको संगीत संयोजन सुरेश सेन्चुरीको रहेको छ भने छायांकन र सम्पादन सुदीप पाण्डेले गरेका छन् । यो गीत संगीतकार तेज प्रसाद पाण्डेको आफ्नै युट्युब च्यानल तेज संगीतमार्फत बजारमा आएको हो।


यो गीतको सिर्जना  काठमाडौं बाहिर रहेर बर्षौंदेखि निरन्तर गीत संगीतमा साधनारत तेज प्रसाद पाण्डे र गीतकार डा. बिष्णुमुर्ती भट्टराईको वरिष्ठ सङ्गीतकार सुरेश सेन्चुरीसंग भेटपछि तयारी सुरु भएको हो ।सुजाता नेपाल आइडल सिजन १ मा टप ५ मा पुग्न सफल गायिका हुन् । संयोग कस्तो छ भने यो गीत सिर्जनाका सबै सर्जक रुपन्देही निवासी र रुपन्देहीमै कार्यरत छन् । गीतको भाव, संगीत र शब्द सबै हिसाबले कर्णप्रिय बनेकोले दर्शक स्रोताले मन पराउने विश्वास रहेको पाण्डेको भनाई छ । ‘यो एउटा सदावहार गीत बन्ने छ भन्ने कुरामा पूरै आशावादी छौं’–गायिका सुजाताले भनिन् ।

कमेन्ट गर्नुहोस्