लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र पत्रकारिताले समग्र पर्यटनको प्रबर्द्धनमा टेवा पुग्नु पर्छ : प्रमुख प्रशासकीय अधिकृत अर्याल

tillotmacitynews - 2024 May 21 01:12 AM
IMG

तिलोत्तमा जेष्ठ ७ गते। नेपाली चलचित्रको क्षेत्र भेग भएकोले यसले समग्र देशको बिकासमा स्थान बनाउने तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभएको छ। स्थानिय स्तरमा चलचित्र पत्रकारिताको तवरबाट समग्र देशको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन सक्नु आजको आवश्यकाता भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ। सकारात्मक सोच र निश्पक्ष पत्रकारिताले बिकासको मूल फुटाउन सक्ने भन्दै अर्यालले कला साहित्य संस्कृती रहनसहनलाई चलचित्रले ओगट्ने हुँदा त्यसको प्रबर्द्धन गर्न सके पत्रकारिताको माध्यमबाट पनि पर्यटनको बिकास हुन सक्ने अर्यालले बताउनुभयो।


चलचित्र पत्रकार संघ नेपालको २५ औ बार्षिकोत्सवको अवसरमा रुपन्देही शाखाले गरेको चलचित्र पत्रकारिता दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रममा अर्यालले सो कुरा बताउनुभएको हो। पर्यटन प्रबर्द्धनका लागि सबै एकजुट भएर आर्थिक र सामाजिक क्रियाकलाप समेत चलायमान बनाउनु पर्ने भन्दै उहाँले नगरपालिका हरेक बिकासका कुरामा हातेमालो गरि समन्वय गर्न तयार रहेको बताउनुभयो।  


स्थापना दिवसको अवसरमा गरिएको पत्रकार सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष मोहन न्यौपानेले सबैको सहयोगले चलचित्र पत्रकारितालाई समाजको ऎना बनाउन सकिने बताउनुभयो। २ चलचित्र पत्रकारलाई बधाई तथा शुभकामना दिंदै दिबंगत पत्रकार प्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो। विधागत पत्रकारिताको माध्यमबाट समाजको बिकास सम्भव भएको भन्दै उहाँले सबैको हातेमालोले चलचित्रको विधा पनि बिकास हुने बताउनुभयो। 


सो अवसरमा बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका सल्लाहकार तथा निबर्तमान अध्यक्ष सुमन रश्मी श्रेष्ठ, सल्लाहकार मनिष पन्थ , प्रेस चौतारीका दिनेस पाण्डे, प्रेस युनियनका जिल्ला अध्यक्ष कविन्द्र नेपाल, प्रेस सेन्टरका जिल्ला इन्चार्ज सरु राना, समाजबादी प्रेस संगठनका अध्यक्ष बोनोद परियार लगायतले बोल्दै सम्मानित हुने पत्रकारलाई बधाई सहित उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। 


सडक दुर्घटनामा परि गत बर्ष दिबंगत भएका चलचित्र पत्रकार एन बी कंडेल स्मृति पुरस्कार सडक दुर्घटनामा नै ज्यान गुमाएका अर्का पत्रकार कृष्ण बाबु पाण्डेको श्रीमती अर्पिता पोख्रेल पाण्डेलाई नगद रु १० हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने , नवोदित पत्रकार सम्मान पत्रकारितामा क्रियाशील इन्द्र खत्रीलाई नगद रु ५ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संघका सचिव बिकास गौतमले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्