लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरवीर पण्डित सहितको टिमद्वारा तिलोत्तमाका ४ स्थानमा सडक नाटक देखाउदै

IMG

तिलोत्तमा,२०८१ जेष्ठ ७ गते। तिलोत्तमाका ४ स्थानमा लागुपदार्थ दुर्व्यसनी बिरुद्ध सडक नाटक हुने भएको छ। यहि जेष्ठ ८ गते दिनभर तिलोत्तमाका मणिग्राम चोक , प्रभात पथ, नयाँमिल चोक , लगायत विभिन्न स्थानमा लागुपदार्थ दुर्व्यसन र कुलत बिरुद्धको सडक नाटक प्रहसन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो। बरिष्ठ कलाकार सुरवीर पण्डित सहित राजु श्रेष्ठ, सुरेश अशिम , रोहनी लामा , बिष्णु प्रसाद बस्यालको अभिनय रहने सो सडक नाटक बिहानै बाट शुरु हुने छ।  

कमेन्ट गर्नुहोस्