लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-८ मा करेसाबारी तरकारी खेती तालिम शुरु

IMG

शारदा शाही ठकुरी// तिलोत्तमा,२०८१ जेष्ठ १ गते। तिलोत्तमा नगरपालिकाको सहयोगमा यहि जेष्ठ १ गते देखि तीन गतेसम्म करेसाबारी तरकारी खेती सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । श्री मन्जरि बचत तथा ऋण सहकारी सस्था तिलोत्तमा-८ ले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले आफ्नै बारीमा आफैले रोपेको तरकारी खादा मान्छे स्वास्थ रहने बताउदै महिलाहरूले नेतृत्त्व गरेर कुनै पनि समाजमा गर्ने काम सफलता पुर्बक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै वहाँले यस्तो कार्यको लागि नगरपालिकाले सधै सहयोगको लागि सधै तयार रहने प्रतिबद्धता पनि गर्नुभएको थियो । अध्यक्ष कृष्ण प्रसाद भुषालको अध्यक्षता रहेको उक्त कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष देबि प्रसाद ज्ञवालीले स्वागत मन्तब्य राख्नुभएको थियो।कार्यक्रमको सन्चालन सस्थाका सचिब राजकुमार वाग्लेले गर्नुभएको थियो ।नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले प्रशिक्षण दिने उक्त तालिम तीन दिनसम्म चल्नेछ। 


कमेन्ट गर्नुहोस्