लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-२ मा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिम सुरु

tillotmacitynews - 2024 May 12 03:30 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ३० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-२ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २  स्थित पशु सेवा कार्यालयको भवनमा जैविक मल बनाउने तालिम दिएको नगरपालिकाका सामाजिक बिकास शाखाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले जानकारी दिइन् ।“टोल बिकास संस्थामा आबद्ध रहेका ४६ जना स्थानिय किसानलाई घरबाट निस्कने फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउन सिकाइएको हो”, उनले भनिन्, “ जैविक मलको प्रयोगले माटोको उर्वर शक्ति बढने साथै किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”  


सो कार्यक्रमको सन्दर्भमा बोल्दै संजालका उपाध्यक्ष टोपलाल खनालले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले नगरपालिका भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको बताए । नगरपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गर्दै जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थ्य बन्न आग्रह गर्दै यस्ता तालिमको अवसर दिएको र आगामी दिनमा अन्य वडा-वडामा पुगेर किसानलाई तालिम दिने समेत संजालका उपाध्यक्ष खनालले जानकारी दिनुभयो। 


२ दिनसम्म चल्ने सो तालिमको अध्यक्षता वडा नम्बर-२ का अध्यक्ष डिल बहादुर भट्टराइले गर्नुभएको थियो । तालिममा संस्था व्यवस्थापन सम्बन्धि तालिम नगरपालिकाका प्रसासन योजना तथा अनुगमन शाखाका प्रमुख माधव पोख्रेल, बिष्णु बराल तथा हेमराज पौडेलले दिनुहुनेछ भने प्राङ्गारिक मल बनाउने तालिम राष्ट्रिय गहुँबालि अनुसन्धानका दयानिधि पोख्रेलले प्रशिक्षण दिनुभएको थियो। रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर नगरपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्