लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रदिप खड्का भन्छन : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु !

IMG

बुटवल, बैशाख २२। चकलेटी अभिनेता केहि बर्ष अगाडी प्रेमको नाममा परिचित भए। यस्तो लाग्छ कि दर्शकले उनलाई बाटोमा हिड्दा समेत प्रेम भनेर बोलाउन लागे। आफ्नो बास्तबिक नाम समेत अभिनयका कारण फेरिएका प्रदिपको अब नाम फेरिने गरी अझै कसरत भएको बताउछन चलचित्र पुजार सार्कीमा ! एक पछि अर्को सुपरहिट फिल्म खेल्दै आएका प्रदीप खड्का नेपाली फिल्मका वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’बाट अभिनेताको रूपमा पहिचान बनाएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्‍याउन सफल छन् । सन्तोष सेनाले निर्माण तथा निर्देशन गरेको उनको फिल्म ‘प्रेम गीत ३’ बलिउडमा रिलिज भएको थियो ।पछिल्लो समय फिल्म ‘प्रकाश’ अभिनयबाट माउथ पब्लिसिटीका कारण समीक्षागत रूपमा पनि चर्चा कमाएका उनी करिब ४ वर्षपछि ‘पूजार सार्की’ मार्फत दर्शक माझ आएका छन् । फिल्म समीक्षागत र व्यावसायिक दुवै रूपमा सफल हुने उनको अपेक्षा छ । ‘पूजार सार्की’मा अहिलेसम्मकै फरक र स्वतन्त्र क्यारेक्टर निर्वाह गरेको उनी बताउँछन् ।


विभिन्न तरिकाले पुजार सार्कीको प्रमोशनमा व्यस्त प्रदिप आर्यन सिग्देल र पल शाहसंगै गीत संगीत सारबजनिक भएसंगे नयाँ लुकमा दर्शक रिझाउदै छन्। स्वतन्त्र पात्रले समाजमा राम्रो स्थान पाउँदा त्यसको सकारात्मक या नकारात्मक कुन दिशा तिर जान्छ भन्ने बिषयमा मैतबहादुर तल्लिन रहेको प्रदिप बताउछन। फिल्म ‘प्रेम गीत’ पछि पनि धेरै फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका प्रदिपले आफ्नो चरित्रले परिचय फेर्न नसकेको बताउंदै ‘पूजार सार्की’मा गरेको ‘मैतबहादुर’को चरित्रले आफ्नो परिचय फेर्ने बिश्वास ब्यक्त गरेका छन्। प्रदिप भन्छन-"फिल्म रिलिजपछि धेरैले मलाई यही नामले बोलाउँछन् भन्ने विश्वास हो । फिल्ममा त्यो चरित्रले जतिको इन्जोय गरेको छ, मैले पनि अभिनय सिलसिलामा त्यतिकै इन्जोय गरेको थिए । दर्शकले त्योभन्दा पनि इन्जोय गर्छन् । यो मेरो विश्वास हो।"


जेठ १० गते रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की'को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।दिनेश राउतको निर्देशनमा तयार भएको 'पूजार सार्की'मा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।फिल्मको २ वटा प्रमोसनल गीत रिलिज भैसकेको छ भने ट्रेलर रिलिज हुने तयारीमा छ। 

कमेन्ट गर्नुहोस्