
तिलोत्तमा,२०८१ बैशाख १५ गते।सामाजिक, धार्मिक तथा ऎतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र सेतीबेणी को यहि बैशाख २९ गते बिशेष प्रदर्शन हुने भएको छ । निर्माण युनिटले चलचित्रबारे जानकारी दिन शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा च्यारिटी प्रदर्शन मिति सार्वजनिक गरेपनि देशभरको प्रदर्शन मिति भने सार्बजनिक गरेको छैन। बाबुराम घिमिरेको कथा लेखन तथा निर्देशनमा तयार भएको चलचित्र विश्वकै प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित सेतीवेणी र त्यहाँ रहेको विश्वकै ठूलो शिला शालिग्रामको धार्मिक, सामाजिक र साँस्कृतीक महत्वलाई समेटर निर्माण भएको फिल्म युनिटले जनाएको छ। चलचित्र सेतीबेणीले बैशाख २९ गते बिहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा पहिलो प्रदर्शन गर्ने तयारी गरीएको छ ।
मोफसलमा बसेर कलाकारीताका क्षेत्रमा काम गरीरहँदा समाजमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरीएको निर्देशक घिमिरेले बताए । धार्मिक आस्थाको केन्द्र, पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षण, प्रचारप्रसार र विकास गर्न यो चलचित्रले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । बालबालिका देखि बृद्धबृद्धासम्म सबैले हेर्नैपर्ने चलचित्र बनेको दावि गर्दै निर्देशक घिमिरेले चलचित्र बोर्डबाट सेन्सर पास भइसकेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटनको समेत महत्व बोकेको शिला शालिग्राम र सेतिबेणी क्षेत्रको महत्वलाई यो चलचित्रले प्राथमीकता दिएर प्रस्तुत गरेको सह निर्देशक कमल बहादुर गुरुङले बताए । ‘नेपाल कला धर्म र संस्कृतमा धनि देश हो । विष्णुका रुपमा मानिने शालिग्रामको छुट्टै महत्व छ । यस्ता धार्मिक स्थल ओझेलमा पर्दै जाने हो भने हाम्रा धर्म, संस्कृतिनै धरापमा पर्छन् ।’, उनले भने ।चलचित्र स्याङ्जा, पर्वत, गुल्मी र पाल्पाका बिभिन्न ठाउँमा छायांकन गरीएको छ । चलचित्रमा युनिक पोखरेल निर्माता तथा लक्ष्मी क्षेत्री सह निर्माता रहेका छन् । चलचित्रमा नायक कृष्णप्रसाद खनाल र नायिका सम्झना सुबेदीको मुख्य अभिनय रहेको छ भने मनप्रसाद सुवेदी, सान्तराम गिरी, हरिहर श्रेष्ठ, मणिरत्न भण्डारी, जोखबहादुर खत्रि लगायतका कलाकारले अभिनय गरेका छन् । बुटवलको पत्रकार सम्मेलनमा चलचित्र सेतीबेणी का कलाकार संगै सो स्थान संग सम्बन्धित क्षेत्रमा रहेका अर्बिनी सम्पर्क समाजका अध्यक्ष काशिराम न्यौपाने, जिल्ला सचिव केदार न्यौपाने लगायतको उपस्थिति रहेको थियो। करिव ३० लाख लगानी गरिएको फिल्म व्यवसायिक रुपमा निर्माण नगरिएको र स्यांग्जाको जैपते,पाल्पाको दोभान, बुटवल र सेतिबेणीमै सुटिङ्ग गरिएको फिल्म युनिटले बताएको छ।
कमेन्ट गर्नुहोस्