लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

त्रिभुवन विमानस्थलमा विमानभित्रै भेटियो एक किलो ७० ग्राम सुन

tillotmacitynews - 2024 Apr 19 09:16 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार राति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


बेवारिसे अवस्थामा भेटिएको सो सुनमा सिक्री तीन, ६ वटा सुनको बिस्कुट, दुई टुक्राका साथै दुइ वटा सिक्री जोड्ने स-साना रिङ फेला परेको छ । सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको प्रहरीले जनाएको छ । अहिले सो सुन बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्