लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खाद्यान्न सहयोग तथा महाबिरको पुस्तक किनेर सहयोग गर्दै द हिमान्सु

IMG

तिलोत्तमा,२०८१ बैशाख ४ गते। द हिमान्सु रनर वे सिजन ४ का बिजेता फेसन डिजाइनरहरुले सामाजिक सेवामा आफुहरुलाई समर्पित गर्दै खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन्। सो संस्थामा बुटिक तथा फेसन डिजाइनर तालिममा सहभागीहरुले बुटवल ४ पाल्पा रोडमा रहेको बुटवल अनन्त जिबन चर्च साथै पालन पोषणमा रहेका बृद्दबृद्दाहरुलाई सहयोग गरेको द हिमान्सु  बुटिक एण्ड ट्रेनिङ्ग सेन्टरका अध्यक्ष हिरा पेग्नीले जानकारी दिनुभयो। 


सो अवसरमा माहाबिर पुनको पुस्तक बिक्री अभियानमा समेत सहयोग गर्दै किताव किनेर सहयोग गरेको अध्यक्ष पेग्नीले बताईन। सोहि कार्यक्रमको अवसरमा बुटिक तथा फेशन डिजाइनर रन वे का बन्दना राना र राज कुमारी गुरुङलाई महाबिर पुन द्वारा अवार्ड समेत प्रदान गरिएको थियो।द हिमान्सुले बिगत लामो समय देखि बुटिक र फेशनको क्षेत्रमा तालिम प्रदान गर्दै आएको छ भने सामाजिक क्षेत्रमा समेत क्रियाशील रहेको छ। 


कमेन्ट गर्नुहोस्