लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वोच्चले बढाइदियो केजरीवालको सुनुवाइ तारिख

tillotmacitynews - 2024 Apr 15 08:22 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते ।  रक्सी घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अझै पनि जेलमै रहने भएका छन् । सर्वोच्च अदालतले उनको गिरफ्तारीविरुद्ध परेको निवेदनको सुनुवाइको तारेख अगाडि बढाइदिएको छ । केजरीवालको याचिकामा २९ अप्रिलमा सुनुवाइ हुनेछ ।


अप्रिल १९ मा भारतमा पहिलो चरणको मतदान हुँदै छ । यसको मतलब चुनाव सुरु भएको कम्तीमा १० दिन केजरीवाल जेलमा बस्नुपर्नेछ । अरविन्द केजरीवालको याचिकामा प्रवर्तन निर्देशनालयलाई जवाफ पेस गर्न सर्वोच्च अदालतले दुई हप्ताको समय दिएको छ ।


केजरीवालको तर्फबाट उपस्थित अधिवक्ता अभिषेक मनु सिंघवीले अप्रिल १९ बाट मतदान सुरु हुन लागेको भन्दै अदालतलाई अगाडिको तारेख दिन र शुक्रवार सुनुवाइ गर्न अनुरोध गरेका थिए । तर अदालतले केजरीवालको याचिकामा २९ अप्रिलअघि सुनवाइ सम्भव नभएको बताएको छ । अदालतले ईडीलाई नोटिस जारी गर्दै जवाफ पेस गर्न भनेको छ ।

कमेन्ट गर्नुहोस्