
तिलोत्तमा,२०८१ बैशाख १ गते।तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको सम्पन्न भएको छ । वडा नम्बर १७ को वडा स्तरिय बाल मैत्री समितिको आयोजनामा गत २६ गते सोमबारदेखि सुरु भएको ५ दिने सो तालिम शुक्रबार सकिएको हो ।
तालिमको समापन गर्दैै वडाध्यक्ष दान बहादुर चौधरीले वडामा बसोबास गर्ने बालबालिकाहरुले निर्धकका साथ आफुलाई लागेका कुरा भन्न सकुन र कार्यक्रम संचालनमा बाधा नआओस, जस्तो प्रकारको नेतृत्व लिनका लागि पनि भविष्यमा सहज होस् भन्ने उदेश्यका साथ् सो तालिम संचालन गरेको बताए । यस्तै वडा सदस्य शोभा कुमारी रानाले बालबालिकाको सर्बाङ्गिण बिकासका लागि उद्घोषण र नेतृत्वले सकारात्मक प्रभाव पार्ने भएकोले यस प्रकारका तालिम अवदेखि निरन्तर रुपमा गरिरहने बताईन। साथै उनले यो तालिम लिएपछि व्यवहारमा लागु गर्न सबै प्रशिक्षार्थीलाई सुझाव दिइन।
सोहि वडाका वडा सदस्य सन्त बहादुर बस्नेतले यस्ता तालिमहरुमा बालबालिकाहरु सबै सहभागि हुनु पर्ने र अहिले सहभागि हुन नपाएका बालबालिकाहरुलाई पुनः अर्को कार्यक्रममा सहभागि गराइने बताए। तालिमको प्रभावकारिता छिट्टै देखिने भन्दै उनले बालबालिकाले उभिएर बोल्न सक्ने बनाउन यो तालिम शुरु भएको बताए। प्रशिक्षक मोहन न्यौपानेले तालिम तालिममा मात्र सिमित नराखी व्यवहारमा लागू पनि गर्नु पर्ने र सधैभरी त्यसको निरन्तरता दिनु पर्ने बताए । यस्तै वडा बाल मैत्री समितिले आयोजना गरेको सो तालिममा वडा सदस्य राम नरेश लौनिया, शर्मिला बिश्वकर्मा, वडा सचिव पुर्णिमा रेशमीले आ-आफ्नो बिचार राखेका थिए भने बालमैत्री सहजकर्ता चन्द्रकला घिमिरे सहित ५० बढी सहभागी बालबालिकाको उपस्थिति रहेको थियो। तालिममा सहभागी भएका बालबालिकाहरुले आफुहरुले तालिमबाट नयाँ नयाँ कुरा सिक्ने अवसर पाएको बताउदै खुसी व्यक्त गरेका थिए । सो समापान कार्यक्रमको संचालन प्रशिक्षार्थी बालिका दिपिका न्यौपानेले गरेकी थिइन्।
कमेन्ट गर्नुहोस्