लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु ईयरमा मणिग्राम विश्राम बाटिकामा कुटुम्बले धमाका प्रस्तुति दिने

IMG

तिलोत्तमा,२०८० चैत्र २९ गते।रुपन्देहीको तिलोत्तमा मणिग्रामको विश्राम बाटिकामा नेपाली नयाँ वर्ष २०८१ विशेष ईभ हुने भएको छ। फेजा ग्रुप मणिग्रामको आयोजनामा चैत ३० गते अर्थात भोली शुक्रवार हुने ईभमा इन्स्ट्रुमेण्टल ब्याण्ड कुटुम्बको धमाका प्रस्तुति रहने आयोजकका तर्फ बाट बिशाल देवकोटाले जानकारी दिएका छन्।इभेन्ट बारे बोल्दै देवकोटाले कुटुम्बको सबै कलाकारहरू थुप्रै बाद्यबादन प्रस्तुति सहित आउन लागेको बताउँदै दर्शकहरूले एकै पटक सबै कलाकारहरूबाट मनोरञ्जन प्राप्त गर्ने उल्लेख गरे।उनले कुटुम्ब संगै बिशेष नृत्य र गायन तथा हास्यव्यंग्य प्रस्तुति समेत रहने र कलाकारहरूले सांझ ६ बजे देखि १२ बजे सम्म मनोरञ्जन दिलाउने उल्लेख गरे।हेप्पी न्यु ईयर इभ २०८१ नाम दीईएको सो कार्यक्रममा डान्स तथा अन्य प्रोफर्मेन्सहरु हुनेछन्।


अहिले प्रवेश टिकटहरू अनलाइन प्रतिव्यक्ति १ हजार ५ सयमा बिक्री बितरण भइरहेको बताउँदै कार्यक्रमको अघिल्लो दिनमा मात्र प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ तोकिएको कार्यक्रम संयोजक समेत रहेका बिशाल देवकोटाले जानकारी दिए।कार्यक्रममा १२ सय भन्दा माथि दर्शकको उपस्थिति रहने अपेक्षा सहित गरिएको कार्यक्रम साँझ ६ बजे देखि राती १२ बजे सम्म सञ्चालन हुनेछ।कार्यक्रम सम्पन्न पश्चात् मुनाफाबाट केही रकम सामाजिक संस्थालाई सहयोग गरिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्