लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छोराछोरी पाल्ने पेसा राजनीतिलाई बनाइयो

tillotmacitynews - 2024 Apr 11 07:35 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २९ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘गङ्गादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले राजनीति लेखपढले मात्र नहुने बताउनुभयो । उहाँले पछिल्लो दिनमा राजनीति विकृत भएको जानकारी दिनुभयो । उहाँले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताउनुभयो । उहाँले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गङ्गादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’’


अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्